Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तका सेयरधनीले लाभांश कर आफैं तिर्नुपर्ने

अर्थ संसार

शुक्रबार, ११ असोज २०८१, ०९ : ०५ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तका सेयरधनीले लाभांश कर आफैं तिर्नुपर्ने

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले वितरण गरेको बोनसमा लाग्ने कर सेयरधनीले तिर्नुपर्ने भएको छ । लघुवित्तले वितरण गरेको बोनस सेयरको कर सेयरधनी आफैंले तिर्नु पर्ने जनाएको हो ।

लघुवित्तको गत साउन ३२ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयरमा लाग्ने कर रकम बुझाउन लघुवित्तले अनुरोध गरेको हो ।  

सेयरधनीले लघुवित्तको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकका शाखा कार्यालयमा गएर करबापतको रकम बुझाउन सक्नेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको