Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

अर्थ संसार

आइतबार, २३ असार २०८१, ११ : ३९ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर  बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको २० हजार कित्ता सेयर बिक्रीमा राखेको छ ।  

लघुवित्तले सेयरधनी मनोज बस्नेतको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।  यो सेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । 

संस्थाले यसअघि संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।  इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय ललितपुरमा या सेयर रजिस्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवदेन दिुनपर्नेछ । 

सेयरको मूल्य भने बिक्रेता तोकेबमोजिम हुने संस्थाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको