Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीको साधारण सभा: सेयरधनीहरूलाई लाभांश वितरण र नयाँ सम्झौताका प्रस्ताव

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, २० : ५५ मा प्रकाशित

हिमालयन डिष्टिलरीको साधारण सभा: सेयरधनीहरूलाई लाभांश वितरण र नयाँ सम्झौताका प्रस्ताव

हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांशको प्रस्ताव पारित गर्नको लागि साधारण सभा बोलाएको छ।

कम्पनीले पुस २८ गते आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज महानगरपालिका वडा नं. २१, लिपनिविर्ता, पर्सामा २४ औं वार्षिक साधारण सभा आयोजना गर्नेछ, जसको आरम्भ बिहान १० बजे हुनेछ।

सभामा कम्पनीले आफ्नो चुक्ता पूंजीको १५ प्रतिशतको दरमा बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, कम्पनीले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विजय डिष्टिलरी प्रा.लि.सँग प्यासन कुलर ब्राण्ड लगायतका आरटिडि ब्राण्डहरुको ट्रेडमार्क लाइसेनिङ्ग सम्झौता गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य महत्वपूर्ण प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

लाभांश वितरण र साधारण सभामा सहभागिताका लागि कम्पनीले पुस १९ गते एक दिनको बुकक्लोज घोषणा गरेको छ। यस आधारमा, पुस १८ गतेसम्म नेप्सेमा कारोबार हुने सेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको