Like us!
Follow us!
Connect us!
Watch us!

सिफारिस समिति गठनसहित बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो

अर्थ संसार

शुक्रबार, १२ पुस २०८१, ०९ : ०८ मा प्रकाशित

सिफारिस समिति गठनसहित बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो

सरकारले नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गर्ने निर्णय गर्दै यस कार्यलाई औपचारिकता दिएको हो।

नयाँ समितिमा राष्ट्रिय योजना आयोगको बीमा क्षेत्र हेर्ने सदस्यलाई संयोजक तोकिएको छ। साथै, अर्थ सचिव रामप्रसाद घिमिरे र बीमा क्षेत्रका विज्ञ ज्योतिचन्द्र ओझा सदस्यका रूपमा छन्। समितिले आफ्नो कार्यविधि तयार गरेर, तीन योग्य व्यक्तिको नाम सिफारिस गरी सरकारलाई बुझाउनेछ। त्यसपछि मन्त्रिपरिषद्ले तीमध्ये एकजनालाई प्राधिकरणको अध्यक्षका रूपमा चयन गर्नेछ।

यसअघि अध्यक्ष रहेका सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि पद खाली भएको हो। हाल मदन दाहालले अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको