बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई कार्यवाहक रूपमा अध्यक्षको जिम्मेवारी दिइएको छ।
सोमबार साँझ बसेको मन्त्री परिषद्को बैठकले ओझाविरुद्ध छानबिन समिति गठन गरेसँगै उनी बीमा ऐन २०७९ को व्यवस्था अनुसार स्वतः निलम्बनमा परेका हुन्।
सरकारले ओझामाथि छानबिन प्रक्रिया टुंगो नलागेसम्मको अवधिका लागि पोखरेललाई अध्यक्षको कार्यभार दिइएको जनाएको छ।
यसअघि सर्वोच्च अदालतमा फर्जी कागजातमार्फत नियुक्ति लिएको भन्ने आरोपमा ओझाविरुद्ध रिट परेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीमाथि अनुसन्धान गरिरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस