Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई समूहद्वारा जालपादेवी केबलकारको शिलान्यास :सुदूरपश्चिमको पर्यटनमा क्रान्ति ल्याउने ५ अर्बको परियोजना

अर्थ संसार

आइतबार, १४ पुस २०८१, ०९ : २४ मा प्रकाशित

आइएमई समूहद्वारा जालपादेवी केबलकारको शिलान्यास :सुदूरपश्चिमको पर्यटनमा क्रान्ति ल्याउने ५ अर्बको परियोजना

कैलाली जिल्लाको कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो जालपादेवी केबलकार परियोजनाको शिलान्यास गरिएको छ। यसका लागि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले शनिबार एक विशेष समारोहमा शिलान्यास गर्दै, उक्त परियोजना सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

शिलान्यास कार्यक्रममा परराष्ट्र मन्त्री डा. देउवाले भने, “सुदूरपश्चिम प्रदेश पर्यटन, संस्कृति र जैविक विविधतामा धनी छ। यस क्षेत्रका प्राकृतिक स्रोत र सम्पदाले मात्र यहाँका नागरिकको सांस्कृतिक एकता र सद्भावलाई समृद्ध बनाएका छैनन्, बल्कि यस परियोजनाले प्रदेश र मुलुकको समृद्धिमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

परियोजनाका लागि आइएमई समूहको लगानीमा यस केबलकार परियोजनाले न केवल सुदूरपश्चिमको पर्यटन क्षेत्रलाई बलियो बनाउने छ, तर यसले सम्पूर्ण मुलुकको समृद्धिको लागि पनि योगदान गर्ने मन्त्री डा. देउवाले उल्लेख गरे। उनले स्थानीय समुदाय र सरकारको पूर्ण सहयोगका साथ यो परियोजना समयमै पूरा गर्न अपील पनि गरे।

उक्त केबलकार परियोजना सुदूरपश्चिम प्रदेशको कर्णाली चिसापानीदेखि मोहन्याल गाउँपालिका राजकाँडा सम्मको ३.१ किलोमिटर दूरीलाई कवर गर्नेछ। यसमा ३४ वटा गोन्डोला हुनेछन्। यस परियोजनामा कुल ५ अर्ब रुपैयाँको लगानी हुनेछ र यसका लागि विभिन्न पर्यटकीय र मनोरञ्जनात्मक सुविधाहरू पनि उपलब्ध गराइने छन्।

बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, र ब्याक्वेट हल निर्माण गरिनेछ भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वकिङ ट्रेल, रेष्टुरेन्ट र चिल्डे«न पार्कसहित अन्य पर्यटकीय पूर्वाधार निर्माण हुनेछन्।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पनि यस परियोजनाले सुदूरपश्चिम प्रदेशको विकासमा ठूलो योगदान पुर्याउने बताउनुभयो। उहाँले भने, “नेपालको पश्चिमी भेगमा भौतिक विकासका पूर्वाधार कम छन्, यस्ता विकासका अवसरलाई निजी क्षेत्रले बढी लगानी गर्न आवश्यक छ।”

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि परियोजनाको महत्वलाई स्वीकार गर्दै, यसले पर्यटन, साहसिक र धार्मिक गतिविधिहरूको प्रवर्धन गर्ने र प्रदेशको विकासमा थप योगदान पुर्याउने बताउनुभयो।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनलाई नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक कायापलटको मुख्य स्रोत मान्दै यस केबलकार परियोजनाको शिलान्यासले नयाँ उत्साह र संभावना थपेको बताए। उनले भनें, "पर्यटन पूर्वाधारमा लगानी गर्दै विदेशी मुद्रा र रोजगारी सिर्जना गर्ने लक्ष्यको लागि यो प्रोजेक्ट महत्त्वपूर्ण छ।"

यो परियोजना केवल सुदूरपश्चिम प्रदेशको समृद्धिमा मात्र नभई सम्पूर्ण नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको