नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६३ अकंले बढेर २५८६.२३ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको १ करोड ८६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोडको सेयर कारोबार भएको छ ।
यसदिन आठ उपसूचकमा हरियाली देखिएको हो । आज विकास बैंक समूहको २.४० प्रतिशत, फाइनान्स समूहको ०.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६९ प्रतिशत, हाइड्रोपावर समूहको १.८७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर किनबेच भएको छ । आज यस कम्पनीको ४६ करोड १७ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९६प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस