नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१२ अकंले बढेर २६४०.६८ बिन्दुमा कायम भएकोछ । आज ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोडको सेयर कारोबार भएको हो ।
आज बजार बढ्दा १३ वटै उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको १.०९ प्रतिशत, विकास बैंक समूहको २.४६ प्रतिशत, फाइनान्स समूहको १.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९९ प्रतिशत, हाइड्रोपावर समूहको ३.५५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.२३ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आज एनआरएनको २९ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस