मंगलबार बिहान तिब्बतको सिगात्से सहरमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। चीनको राज्य सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ९:०५ बजे (ग्रिनिच समय ०१:०५) गएको हो। भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको चीन भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।
यस भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ। बिहान ६:५२ बजे काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर र अन्य केही जिल्लामा कम्पन महसुस भएको थियो। भूकम्पका कारण स्थानीय बासिन्दा त्रसित भएर घर बाहिर निस्किएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस