Like us!
Follow us!
Connect us!
Watch us!

तिब्बत भूकम्पमा परेर ३६ जनाको मृत्यु

अर्थ संसार

मंगलबार, २३ पुस २०८१, ११ : ०७ मा प्रकाशित

तिब्बत भूकम्पमा परेर ३६ जनाको मृत्यु

तिब्बतको दुर्गम क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पका कारण हालसम्म ३६ जनाको मृत्यु भएको छ। 

भूकम्पको केन्द्रबिन्दु डिंग्री काउन्टीमा रहेको र यसको तीव्रता ६.८ म्याग्निच्युड रहेको जनाइएको छ।

चीनको समयअनुसार बिहान ९:०५ बजे गएको यो भूकम्पको गहिराइ जमिनको सतहदेखि १० किलोमिटर तल रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ। नेपालस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको जानकारी दिएको छ।

उक्त भूकम्पका धक्काहरु भने छिमेकी मुलुक नेपाल र उत्तर भारतका केही भागहरुमा महसुस गरिएको थियो । घटनाबारेको थप विवरण भने आउन बाँकी नै छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको