Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार, ३ महिनामै राष्ट्र बैंकले प्रशोचन गर्यो १२ खर्ब बढी तरलता

अर्थ संसार

बुधबार, ०२ माघ २०८१, १४ : २३ मा प्रकाशित

बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार, ३ महिनामै राष्ट्र बैंकले प्रशोचन गर्यो १२ खर्ब बढी तरलता

कर्जाको माग नभएकाले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूमा करिब ६७ खर्ब रुपैयाँ निक्षेप देखिन्छ । राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ६६ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन बढे पनि कर्जा प्रवाह उल्लेख्य बढ्न सकेको छैन । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५३ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।

यता वाणिज्य बैंकहरुको मात्रै कुरा गर्ने हो भने निक्षेप संकलन ५९ खर्ब नाघेको छ । यही मंसिर १६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ५९ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा प्रवाह भने ४७ खर्ब ७४ अर्ब रुपैयाँ भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ । आजै पनि राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्दैछ ।

बैंकले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामै बैंकिङ प्रणालीबाट १२ खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ । निक्षेप सङ्कलन बोलकबोलमार्फत  अवधिमा राष्ट्र बैंकले १२ खर्ब ७० अर्ब रुपैयाँ  तरलता प्रशोचन गरेको हो । यो कारोबारमा आधारित तरलता प्रशोचन हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यो रकम निर्धारित समयावधि पूरा भएपछि वित्तीय प्रणालीमा नै फिर्ता गरिन्छ । यसरी बजारबाट पैसा तान्ने र फेरि पठाउने प्रक्रियालाई अल्पकालीन तरलता व्यवस्थापन भनिन्छ । सोहीअनुसार राष्ट्र बैंकले तरलता तानिरहेको छ ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको