Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नो अन्तिम मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटे गभर्नर, दोष मेटाउन केहि लचकता अपनाउन सक्ने

अर्थ संसार

आइतबार, ११ फागुन २०८१, १० : ३८ मा प्रकाशित

आफ्नो अन्तिम मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटे गभर्नर, दोष मेटाउन केहि लचकता अपनाउन सक्ने

कार्यकाल सकिनु अघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने सार्वजनिक तयारीमा अन्तिम तयारीमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी जुटेका छन्।अधिकारीले कार्यकालको पछिल्लो समयमा केही लचिलो मौद्रिक नीति ल्याए।तरपनि लगानीकर्ताले उनीप्रति सकारात्मक धारणा बनाउन सकेनन्। 

यहिकारण अहिले उनी कार्यकालको अन्तिम चरणमा गरिने यो समीक्षामा कुनै ठूला नीतिगत हस्तक्षेप नगर्ने मनसायमा नभएपनि दोष मेटाउन केहि लचकता भने अपनाउन सक्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । जसअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १५ भित्र सार्वजनिक गरिनु पर्नेछ। पछिल्लो समीक्षा अनुसार, बैंक ब्याजदरहरू न्यूनतम स्तरमा झरेका छन्, जसले कर्जा प्रवाहलाई सहज बनाएको छ। चालू आवको १२.५ प्रतिशत कर्जा वृद्धिको लक्ष्यमध्ये ६ महिनामा ५.२ प्रतिशत प्राप्त भइसकेको छ।

तर, मुद्रास्फीति नियन्त्रण भने राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्न सक्छ। चालू मौद्रिक नीतिले नीतिगत दर ५ प्रतिशतमा राख्ने लक्ष्य लिएको भए पनि पछिल्लो तथ्यांकले मुद्रास्फीति अपेक्षाभन्दा माथि गएको देखाउँछ। यसले गर्दापनि आगामी समीक्षामा राष्ट्र बैंक केही नीतिगत समायोजन गर्न बाध्य हुन सक्छ। 

२०७६ सालमा गभर्नरका रूपमा नियुक्त भएका अधिकारीले २०७७ देखि २०८१ सम्म पाँचवटा मौद्रिक नीतिहरू ल्याए। यो उनको अन्तिम समीक्षा हुने भएकाले, निजी क्षेत्र र सरकारबीचको सन्तुलन कायम राख्दै नीति निर्माण गर्ने सम्भावना छ।  एमाले सरकारले उनलाई नियुक्त गरेको थियो, र अहिले पनि उही दल सत्तामा रहेको हुँदा, उनको समीक्षाले कुनै राजनीतिक तरंग सिर्जना गर्ने सम्भावना कम देखिन्छ। उनी अर्थतन्त्र सुधारको संकेतहरूलाई प्राथमिकता दिँदै हालको नीतिलाई निरन्तरता दिने तयारीमा देखिन्छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको