Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बीमा प्राधिकरणद्वारा विदेशी पुनर्बीमा दलालहरूलाई कार्यालय स्थापना गर्न निर्देशन

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, ०८ : ३२ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा विदेशी पुनर्बीमा दलालहरूलाई कार्यालय स्थापना गर्न निर्देशन

नेपाल बीमा प्राधिकरणले नेपालमा सूचीकरण भएका तर हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई आगामी तीन महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिएको छ।

बीमकको पुनर्बीमा निर्देशिका, २०८० अनुसार, प्राधिकरणमा सूचीकरण भएका तथा सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालहरूले अनिवार्य रूपमा छ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ। तर, कतिपय पुनर्बीमा दलालहरूले तोकिएको समयसीमाभित्र कार्यालय स्थापना नगरेको पाइएकोले प्राधिकरणले थप तीन महिनाको समय सीमा तोकेर निर्देशन जारी गरेको हो।

यस कदमले नेपालमा पुनर्बीमा कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्राधिकरणको विश्वास छ। पुनर्बीमा दलालहरूलाई स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीहरूसँगको समन्वयलाई सहज बनाउने उद्देश्यसहित कार्यालय स्थापना अनिवार्य गरिएको हो।

प्राधिकरणले निर्देशिकाको कार्यान्वयनलाई कडाइका साथ लागू गर्ने जनाएको छ। यदि तोकिएको अवधिमा कार्यालय स्थापना नगरेमा आवश्यक नियामकीय कारबाही हुने चेतावनी पनि दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको