Like us!
Follow us!
Connect us!
Watch us!

देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, १८ : ४९ मा प्रकाशित

देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादीहरू आक्रोशित भएका छन् । 

हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा पुर्व राजा शाह संबैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिए पछि राजावादीहरू आक्रोशित भएका हुन् ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले सभापति देउवाको उक्त भनाइ प्रति रोश प्रकट गरेका छन् । ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो, माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ, राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ,’ शाहीको आक्रोश छ, ‘त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग सपथ खाँदै बन्नुभएको हो ?

जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू, यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ ?  हिम्मत छ ?’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको