Like us!
Follow us!
Connect us!
Watch us!

बालेन शाहको कडा चेतावनी: "एक हप्तामा तलब नपाए टुकुचामा गाड्छु!"

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, २२ : २२ मा प्रकाशित

बालेन शाहको कडा चेतावनी: "एक हप्तामा तलब नपाए टुकुचामा गाड्छु!"

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरपालिकाका सरसफाइ कर्मचारीलाई तीन महिनादेखि तलब नदिएको भन्दै सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चेतावनी दिँदै भनेका छन्, "सरकारको दम्भका कारण काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्।" उनले थपे, "को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, तर अबको एक हप्ताभित्र हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु! त्यसपछि हेरौँला तिमीहरूको के के तन्त्र हो!!"

बालेन शाहको यो स्टाटसले सरकार र काठमाडौं महानगरबीचको तनाव झनै बढ्ने संकेत गरेको छ। महानगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको भन्दै असन्तुष्टि जनाइरहेका छन्, तर सरकारले अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक गरेको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको