Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापाको सरकारप्रति कडा आलोचना: "उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन"

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, २२ : २८ मा प्रकाशित

गगन थापाको सरकारप्रति कडा आलोचना: "उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन"

नेपाल सरकारको पछिल्ला निर्णयहरूप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई कडा आलोचना गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारले आम नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्ने भन्दा झन् त्यसमा ‘मट्टितेल हाल्ने’ काम गरिरहेको आरोप लगाएका छन्। थापाले लेखेका छन्, "आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सक्रिय छ। यस्तो बेला सरकारको प्रभावकारी डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिनुपर्ने हो, तर सरकार आफैंले आगोमा मट्टितेल थप्ने काम गरिरहेको छ।"

उनले सरकारका मन्त्रीहरूले गलत बाटो अख्तियार गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीले नै स्थिति सम्हाल्न नसकेको बताएका छन्। "मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नु पर्ने हो, तर विडम्बना त्यो भएन," भन्दै थापाले सरकारको पछिल्लो निर्णयप्रति असहमति जनाएका छन्।

"निर्णय गलत छ, सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन," भन्दै उनले सरकारलाई आफ्ना निर्णयहरू पुनर्विचार गर्न आग्रह गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको