Like us!
Follow us!
Connect us!
Watch us!

राजावादी आन्दोलनको 'कमाण्डर' बने दुर्गा प्रसाईं

अर्थ संसार

विहीबार, १४ चैत्र २०८१, १५ : १६ मा प्रकाशित

राजावादी आन्दोलनको 'कमाण्डर' बने दुर्गा प्रसाईं

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।

समितिका संयोजक नवराज सुवेदीले  आज (बिहीबार) पत्रकार सम्मेलन आयोजना गरी समितिले यो जानकारी दिएका हुन् ।

प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ ।

उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् । सोही दिन गणतन्त्र पक्षधरहरूले पनि काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शन गर्दैछन् ।

दुई ठाउँमा प्रदर्शन हुने भएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको