राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले नेपाल सरकारमाथि आन्दोलनका क्रममा एक युवाको हत्या गरेको गम्भीर आरोप लगाएका छन्। उनले फेसबुकमार्फत एक स्टाटस लेख्दै दिवंगत बनेका सबिन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रसाईंका अनुसार उनीहरू बैदिक विधिअनुसार पूजा गरी आमाको आशिर्वाद लिएर शान्तिपूर्ण रूपमा सभा तथा आन्दोलनमा सहभागी हुन पुगेका थिए। तर, त्यही क्रममा अश्रुग्यास प्रहार भइरहेको देखेपछि कुनै पनि नेपालीको रगत उम्लिनु स्वाभाविक रहेको उनले बताएका छन्।
उनले आफूहरू कुनै पनि प्रकारको तोडफोड, आगजनी वा प्रहरीमाथि आक्रमण गर्न नगएको दाबी गर्दै सरकारको दमनकै कारण अप्रिय अवस्था सिर्जना भएको आरोप लगाए। उनले आन्दोलनको क्रममा भएको घटनाको क्षतिपूर्ति सरकारले व्यहोर्नुपर्ने चेतावनीसमेत दिएका छन्।
प्रसाईंले आफूलाई पक्राउ गर्ने सूचना प्राप्त भएको बताउँदै पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने र जहाँ बोलाए पनि जाने उल्लेख गरेका छन्। साथै, उनले अब दुर्गा प्रसाईं व्यक्ति होइन, विचार हो, अभियान हो भन्दै आन्दोलन जारी रहने संकेत दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस