राजनीतिक रुपमा सक्रिय दुर्गा प्रसाईं हाल सम्पर्कविहीन भएका छन्। प्रहरी टोलीले भक्तपुरस्थित उनको निवासमा खोजी गरे पनि फेला पार्न सकेको छैन।
काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका अधिकारीहरू प्रसाईंको खोजीमा जुटिरहेका छन्। प्रहरी स्रोतका अनुसार उनको खोजीलाई तीव्र बनाइएको छ।
शुक्रबार राजधानीको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनमा अराजक गतिविधि देखिएपछि सरकारले प्रसाईंलाई पक्राउ गर्न निर्देशन दिएको थियो।
यसैबीच, सामाजिक सञ्जालमार्फत प्रसाईंले आफू लुकेको नभई जहाँ बोलाए पनि उपस्थित हुन तयार रहेको दाबी गरेका छन्। उनले भनेका छन्, "मलाई पक्राउ गर्न प्रहरी चाहिँदैन, जहाँ बोलाउँछ, म त्यही जान्छु। अब म थुनिएर आन्दोलन रोकिन्न, किनभने दुर्गा अब व्यक्ति होइन, विचार हो, अभियान हो।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस