Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणाविरूद्ध राज्यविरूद्धको अपराध मु्द्दा

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, १८ : ४० मा प्रकाशित

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणाविरूद्ध राज्यविरूद्धको अपराध मु्द्दा

राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान थालिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरले आइतबार मिश्र र राणासहित ११ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको हो।

त्यसैगरी, अन्य ४१ जनालाई आपराधिक उपध्रव र संगठित अपराध कसुरमा अनुसन्धान गर्न माग गरिएको परिसर प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

शुक्रबार राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। कैयौं सवारीसाधन र व्यक्तिगत घर तथा सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो।

मिश्र, राणा र अन्य व्यक्तिलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको छ। अहिले सरकारी वकिलले उनीहरूको मुद्दामा अनुसन्धानबारे बहस गरिरहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको