राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले यसपटक आफूले काठमाडौं–१ बाट यसपटक आफूले जित्ने दाबी गरेका छन् । मंगलबार उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले अस्तित्व मै प्रश्न उठिरहेको बेला त्यो मुदाले मात्र देश नबन्ने जिकिर गरे ।
मिश्रले भने,‘यसअघि ६३ भोटले त्यसबेला हारेँ १ अब राहु र संकटा चलेको बेला कसैको केहो लाग्दैन । त्यति मतले मात्र हानुमा मेरो राहु र सङ्कटा चलेको थियो ।अब यसपटक म पक्का जित्छु ।युक्रेनमा अहिले गएर सुशासन र भ्रष्टाचार विरुद्धको मुद्दा लिएर देश बन्छ सिरिया, लिबिया लगायतका देश बन्छ ? बन्दैन । अहिले हाम्रो देशको त्यसैगरी अस्तित्व मै प्रश्न उठिरहेको बेला त्यो मुदाले मात्र देश बन्दैन । त्यसैले राजसस्था र राजनीतिक दललाई प्रजातन्त्रको फ्रेमभित्र ल्यायौं । मैले राजसस्थाको वकालत गरेको मेरो पुस्ताको लागि हैन । नयाँ पुस्ताको लागि हो। युवा पुस्ताको लागि हो।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस