Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो - रवीन्द्र मिश्र

अर्थ संसार

आइतबार, २५ माघ २०८२, १६ : ३९ मा प्रकाशित

नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो - रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले नेपालमा राजसंस्था आवश्यक भइसकेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति, पार्टी, गुट र व्यक्तिलाई समान रूपमा समेटेर देशलाई अघि बढाउन राजसंस्था अपरिहार्य भएको बताए। राप्रपाले मुलुकलाई राजसंस्थासहितको शासन व्यवस्था चाहिन्छ भनेर नयाँ समझदारीमा मुलुकलाई लैजानुपर्ने धारणा राख्दै आएको र त्यसमा सहमत भएर आम मतदाताले आफ्नो पार्टीलाई मतदान गर्नुको विकल्प नरहेको समेत बताए ।

उनले भनेका छन् ,‘अब राप्रपाले भन्दै आएको नविन समझदारीमा देशलाई लैजानै पर्छ । देशमा विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, राजनीतिक पार्टीहरू, राजनीतिक गुटहरू, व्यक्तिहरू सबैभन्दा माथि एउटा राजसंस्थाको छहारी नेपालको लागि अति आवश्यक भयो । यो हाम्रो पुस्ता भन्दा पनि हामीमाथि  मुनिको पुस्ताका लागि अतिआवश्यक भयो। उनीहरूको सन्तान, दरसन्तानले यो देशमा लामो समय बिताउनुछ । अव यी विषयहरूलाई मनन गरेर नेपाली आम मतदाताले यो पटक भोट दिने हो भने राप्रपा बाहेक, हलो बाहेक अर्को पार्टी हुनै सक्दैन । अब फेरि त्यसलाई मनन नगरी भोट दिनु भयो भने यो साईकल यसै गरी चलिरहन्छ। हरेक चुनावमा मतदाता उत्साहित हुने तर कहिल्यै समस्याको समाधान नहुने स्थिति कायमै रहन्छ । त्यो समस्याको समाधानको दिशामा हामी जानुपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको