Like us!
Follow us!
Connect us!
Watch us!

शाहीको सरकारलाई प्रश्न – "कसको षड्यन्त्र हो? कसको इच्छा पूरा भयो?"

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, २० : ३५ मा प्रकाशित

शाहीको सरकारलाई प्रश्न – "कसको षड्यन्त्र हो? कसको इच्छा पूरा भयो?"

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हालैको आन्दोलनमा भएको हिंसा र दमनबारे कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारले आन्दोलन दबाउन अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्।

शाहीका अनुसार आन्दोलनका क्रममा सुरक्षाकर्मीको दमन चरम सीमामा पुगेको छ। "आन्दोलन भड्काउन मञ्चमै अश्रुग्यास हान्ने, सर्वसाधारणको घरमा लुकेर आन्दोलनकारीमाथि गोली बर्साउने, भिजिलान्ते प्रयोग गर्ने— यी सबै सरकारले योजनाबद्ध रूपमा गरेको देखियो," उनले भने।

उनले आन्दोलनका क्रममा आफ्नै सहकर्मीको मृत शरीर देख्नुपरेको र नजिकैको साथीलाई प्रहरीले गोली हानेर हत्या गरेको उल्लेख गरेका छन्। उनले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै भने, "कसको षड्यन्त्र हो? कसको इच्छा पूरा भयो? सरकार सफल भयो तर देश असफल भयो।"

शाहीले घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय नागरिक आयोग गठन गर्न माग गरेका छन्। उनले जोसुकै भए पनि हत्या गर्ने व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताएका छन्।

उनले आन्दोलन दमन गरेर रोक्न नसकिने दाबी गर्दै भने, "जनताको आवाज दबाउन खोज्नेहरूसँग के कति हातमा हत्कडी लगाउने तयारी छ? यो रोकेर रोकिने कुरा होइन।"

तर उनले हिंसाको पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। "हिजो ममाथि ज्यान जाने गरी सांघातिक आक्रमण हुँदा पनि मैले शान्तिको बाटो नै रोजेको थिएँ, अझै यही बाटो अपनाउँछु। चाहे मेरो ज्यान नै किन नजाओस्," उनले उल्लेख गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको