Like us!
Follow us!
Connect us!
Watch us!

ज्ञानेन्द्र शाहीको प्रधानमन्त्री ओलीलाई अपिल- पाँच मुद्दामा नवीन सम्झौता गरौँ

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, १३ : ५६ मा प्रकाशित

ज्ञानेन्द्र शाहीको प्रधानमन्त्री ओलीलाई अपिल- पाँच मुद्दामा नवीन सम्झौता गरौँ

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गरेका हुन् ।   

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहित प्रदेश संरचना खारेज गर्न सहमति गर्न प्रस्ताव गरेका हुन् ।

उनले भनेका छन्- 

प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई पाँचवटा  मुद्दामा नवीन सम्झौता गर्न अपिल गर्छौं 

१) जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ।
२) प्रदेश संरचना खारेजी ।
३) हिन्दू, बुद्ध, किराँत, सहितको वैदेशिक वैदिक सनातन हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने ।
४) राष्ट्रपतिलाई हटाएर राजा राख्ने संवैधानिक राजसंस्थाको स्थापना गर्न ।
५) संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द गर्न नेपालको संविधानको धारा २८४ खारेज गर्ने संवैधानिक परिषदको अन्त्य गर्न ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको