Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली संसदमा : विपक्षीको कडा घेराबन्दीको सामना गर्ने तयारी

अर्थ संसार

सोमबार, १८ चैत्र २०८१, ०७ : ४८ मा प्रकाशित

प्रधानमन्त्री ओली संसदमा : विपक्षीको कडा घेराबन्दीको सामना गर्ने तयारी

केहि दिन देखि प्रतिपक्षले गरिरहेको संसद आज चल्ने देखिएको छ छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्रीले राजावादीको हिंसात्मक प्रदर्शन, कुलमान घिसिङको हटाइएपछि उत्पन्न विवाद, र संसद अवरोधलगायतका विषयमा आफ्नो धारणा राख्ने तयारी गरेका छन्।

विपक्षी दलहरू विशेषगरी नेकपा माओवादी केन्द्र संसद चल्न नदिने रणनीतिमा देखिएका छन्। उनीहरूले सरकारलाई संसदमै जवाफ दिन बाध्य पार्न जोड दिएका छन्। चार महिना बाँकी छँदै हटाइएका कुलमान घिसिङलाई पुनर्बहाली गर्नुपर्ने माग विपक्षीको मुख्य एजेन्डा बनेको छ।

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध अदालत पुगेका छन्। उनले आफूलाई पुनर्बहाली गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट हालेका छन्, जसको सुनुवाइ मंगलबार हुने तय भएको छ।

प्रधानमन्त्री ओली संसदमा आएर आरोपको खण्डन गर्ने रणनीतिमा छन् कि प्रतिपक्षलाई अझ कडा चुनौती दिनेछन्? संसदमा उनको सम्बोधनले आजको राजनीतिक बहसलाई नयाँ दिशा दिने पक्का छ। आजको बैठक सत्ता–विपक्षी टकरावको नयाँ मोड बन्ने अनुमान गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको