प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता रहेको दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले सो घटनाका दोषीहरू जोगिन नसक्ने र कानूनी प्रक्रियाबाट अघि बढाइने स्पष्ट पारे।
उनले भने, “पूर्वराजा ज्ञानेन्द्र शाहले भिडलाई उक्साउने गरी फागुन ७ गते सार्वजनिक वक्तव्य दिएका थिए। यस्ता हिंसात्मक घटनामा संलग्न कोही पनि उन्मुक्ति पाउन सक्दैनन्। फेरि राजा बन्छु, व्यवस्था उल्ट्याउँछु भन्नेले आफ्नो भूमिका स्पष्ट गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले हिंसा र अराजकता कुनै पनि नाममा स्वीकार्य नहुने भन्दै कानूनले दोषीलाई उन्मुक्ति नदिने बताए। “शक्ति कब्जा गर्ने, मुलुकलाई अस्थिर बनाउने र आन्दोलनका नाममा हिंसा मच्चाउने कुनै पनि तत्व कारबाहीको दायरामा आउँछ। तीनकुने घटनामा कोही पनि जोगिन सक्दैन,” उनले थपे।
प्रधानमन्त्रीको भनाइपछि प्रतिनिधिसभामा राप्रपा सांसदहरूले विरोध जनाए। तर, ओलीले हिंसा भड्काउनेहरूप्रति राज्य कठोर हुने संकेत दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस