Like us!
Follow us!
Connect us!
Watch us!

सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छ - हितराज पाण्डे

अर्थ संसार

शुक्रबार, २२ चैत्र २०८१, १६ : ४८ मा प्रकाशित

सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छ - हितराज पाण्डे

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले वर्तमान सरकार विद्युत प्राधिकरण र राष्ट्र बैंकको गभर्नरको पछि मात्र लागेको बताएका छन्। 

शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् ।

‘सरकार त अहिले विद्युत प्राधिकरण र राष्ट्र बैंकको गर्भनरतिर मात्र लागिरहेको छ। अहिले त सेटिङको कुरा मात्र आइरहेको छ,' उनले भने, 'अलिकति विचौलियारूको पनि कुरा आइरहेको छ।'

उनले जनतामाझ भएको असन्तुष्टिको आक्रोश कम गर्न सरकारको योजना के छ भनेर प्रश्न पनि सोधे।

 'जनतामा रहेको निराशा र आक्रोश जुन छ यसलाई सरकारको के योजना छ?,' उनले भने, 'अहिले शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडित लगायतका आन्दोलनहरु भइरहेका छन्। उनीहरुले उग्र रुप लिएभने त गाह्रो हुन्छ यसबारे सरकारको के भनाइ हो ?’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको