Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी ठगी प्रकरण : रवि लामिछाने कारागार चलान

अर्थ संसार

सोमबार, २५ चैत्र २०८१, १२ : ०८ मा प्रकाशित

सहकारी ठगी प्रकरण : रवि लामिछाने कारागार चलान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछाने कारागार चलान भएका छन् ।

लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार चलान गरेको हो। अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् ।

गत  शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको