Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा,सर्वसाधारणले पनि किन्न पाउने

अर्थ संसार

बुधबार, १८ भदौ २०८२, १० : २१ मा प्रकाशित

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा,सर्वसाधारणले पनि किन्न पाउने

समता घरेलु लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको । संस्थाले संस्थापक सेयरधनीहरुको ४ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्थाका विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न इच्छा व्यक्त गर्दै निवेदन दिएपछी सो सेयर ३५ दिने सूचना प्रकाशित गरी अन्य संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको थियो। उक्त अवधिभित्र कुनै संस्थापक सेयरधनीबाट आवेदन नपरेकोले अब उक्त सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो।

सेयर खरिद गर्न योग्य ईच्छुक जो कोही व्यक्ति तथा संस्थाहरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र संस्थाको बनेपामा रहेको केन्द्रीय कार्यालयमा निवेदन दिन  सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको