समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ५२ हजार ७२९.४५ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरेको छ।
कम्पनीको कुल ६२ लाख ९० हजार ५१५.६४ कित्ता सूचीकृत सेयरमध्ये संस्थापकतर्फ ६३.८७ प्रतिशत र सर्वसाधारणतर्फ ३६.१३ प्रतिशत सेयर स्वामित्व कायम गरिएको कम्पनीले जनाएको छ।
सेयर स्वामित्व परिवर्तन भएपछि संस्थापक समूहतर्फ ४० लाख १७ हजार ७५२.३५ कित्ता र सर्वसाधारणतर्फ २२ लाख ७२ हजार ७६३.३० कित्ता सेयर अनुपात रहने गरी नेप्सेमा अभिलेख गरिएको कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस