स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले यी २९ हजार कित्ता सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा रोखको हो।
उक्त सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र बनेपास्थित कम्पनीको प्रशासन विभागमा निवेदन दिनु पर्नेछ।
साथै ताकिएको म्यादभित्र कम्पनीका संस्थापक सेयरधनचीहरूबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस