स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले पहिलो त्रैमाससम्म खुद नाफा बढाएको छ।
खुद नाफा
लघुवित्तले गत आर्थिक वर्षको तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा ३७.५२ प्रतिशत खुद नाफा कमाएको छ। कम्पनीले गत आवको असोज मसान्तसम्म ३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आवको असोज मसान्तसम्म ५ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।
खुद ब्याज आम्दानी/सञ्चालन नाफा/सञ्चालन आम्दानी
पहिलो त्रैमास सम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १२ करोड ७९ लाख रुपैयाँबाट बढेर १७ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ४ करोड ५४ लाख रुपैयाँबाट बढेर ६ करोड ८५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १५ करोड ७ लाख रुपैयाँबाट बढेर १७ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
प्रतिसेयर आम्दानी
यो अवधिमा प्रतिसेयर आम्दानी (वार्षिकीकरण) २१.९५ रुपैयाँबाट बढेर २५.८४ रुपैयाँ पुगेको छ।
खराब कर्जा/प्रतिसेयर नेटवर्थ
पहिलो त्रैमास सम्मको अवधिमा कम्पनीको खराब कर्जा पनि ५.४३ प्रतिशतबाट बढेर ७.३७ प्रतिशत पुगेको छ। प्रतिसेयर नेटवर्थ १६५.९६ रुपैयाँ रहेको छ।
कर्जा प्रवाह/निक्षेप संकलन
यो अवधिमा कम्पनीले ९ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४ अर्ब ६८ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस