Like us!
Follow us!
Connect us!
Watch us!

९ अंकले बढ्यो सेयर बजार,४ अर्ब ४८ करोडको कारोबार

अर्थ संसार

बुधबार, २७ चैत्र २०८१, १५ : १६ मा प्रकाशित

९ अंकले बढ्यो सेयर बजार,४ अर्ब ४८ करोडको कारोबार

सेयर बजारमा आज बुधबार सुधार देखिएको छ । आज नेप्से ९.६६ अकंले बढेर २६७६. २८ बिन्दुमा बन्द भएको हो  ।

आज ३१७ कम्पनीको १ करोड ७३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ।आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरे सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको