Like us!
Follow us!
Connect us!
Watch us!

बैंकले ९ महिनामा गरे ३ खर्ब २१ अर्ब ऋण लगानी, ८.४ प्रतिशतमा झर्यो ब्याजदर

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, १३ : २० मा प्रकाशित

बैंकले ९ महिनामा गरे ३ खर्ब २१ अर्ब ऋण लगानी, ८.४ प्रतिशतमा झर्यो ब्याजदर

बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको चैत २५ सम्ममा निजी क्षेत्रतर्फ ३ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

फागुन समान्तसम्मा करिब ३ खर्ब ४ अर्ब रुपैयाँ कर्जा दिएका बैंक तथा वित्तीय संस्थाहरुले चैतको २५ दिनमा थप १७ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएका छन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत १२.५ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएपनि समीक्षा अवधिसम्ममा कुल ६ प्रतिशत हाराहारीले कर्जा विस्तार भएको छ। गत वर्षको यसै अवधिको तुनलामा करिब १ खर्ब रुपैयाँले कर्जा लगानी बढेको छ। 

चालु आर्थिक वर्ष बैंकहरु चैतबाट असुलीतर्फ लागेकाले पनि यस महिना करिब १७ अर्ब हाराहारीमा मात्रै कर्जा लगानी भएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ७ खर्ब ३ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ भने करिब २.५ खर्ब रुपैयाँ बैंकहरुसँग अधिक तरलता छ।

निक्षेप तथा कर्जाको ब्याजदर घटेर ९ प्रतिशतभन्दा पनि तल आइसकेको छ। फागुन मसान्तसम्ममा बैंकहरुको कर्जाको औषत ब्याजदर ८.४० प्रतिशतमा आएको छ। यस्तै निक्षेपको औषत ब्याजदर ४.५४ प्रतिशतमा झरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको