सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको तयारीस्वरूप बुक क्लोज मिति तय गरेको छ। कम्पनीले वैशाख ५ गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको हो।
यसअनुसार, वैशाख ४ गतेसम्म नाममा सेयर कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरका लागि आवेदन दिने योग्य हुनेछन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिइसकेको छ।
हालसम्म हकप्रद खुल्ने मिति भने निर्धारण भइनसकेको कम्पनीले जनाएको छ। यस हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड लाई दिइएको छ।
सेयरधनीहरूले बुक क्लोजको मिति नछुटाउन सचेत रहनु आवश्यक छ, किनभने यही मितिले हकप्रदमा सहभागी हुने अधिकार निर्धारण गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस