Like us!
Follow us!
Connect us!
Watch us!

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

अर्थ संसार

शुक्रबार, २९ चैत्र २०८१, १५ : ०१ मा प्रकाशित

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।

लामिछानेको तर्फबाट रिट निवेदन उनकी पत्नी निकिता पौडेलले व्यक्तिगत रूपमै सर्वोच्च अदालत पुगेर दर्ता गराएकी हुन्। निकिता पौडेल शुक्रबार सर्वोच्च अदालतमा उपस्थित भई उक्त रिट दर्ता गराएकी हुन्। 

सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको