वाणिज्य बैंकहरूले सेयर धितो कर्जामा लगानी बढाएका छन् । बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने ठुला लगानीकर्ताहरु बढेसँग बैंकहरुको सेयर धितो कर्जामा लगानी बढ्दै गएको हो ।
चालु आवको ८ महिनामा वाणिज्य बैंकहरूबाट ९६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।
यी बैंकले दिए सबैभन्दा बढी कर्जा
चालु आवको आठ महिनामा सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्नेमा नबिल बैंक,ग्लोबल आइएमई बैंक र कुमारी बैंक रहेका छन् ।
नबिल बैंक - १३ अर्ब ८२ करोड ४२ लाख
ग्लोबल आइएमई बैंक - ११ अर्ब १६ करोड ५६ लाख
कुमारी बैंक - ८ अर्ब ९८ करोड ४२ लाख
अन्य कुनको कति ?
सिद्धार्थ बैंकबाट ८ अर्ब ३२ करोड १५ लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ७२ करोड ९२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकबाट ७ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ र सिटिजन्स बैंकबाट ६ अर्ब ४० करोड ४८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।
समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ७७ करोड २९ लाख रुपैयाँ, प्रभु बैंकले ४ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ५ करोड २४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । आठ महिनामा एभरेष्ट बैंकबाट २ अर्ब ५० करोड रुपैयाँ, एनआईसी एशिया बैंकबाट २ अर्ब ४९ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकबाट २ अर्ब ३१ करोड १८ लाख रुपैयाँ, कृषि विकास बैंकबाट २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ र हिमालयन बैंकबाट २ अर्ब २ करोड ४२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । एनएमबी बैंकले १ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड ७७ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ४७ करोड २७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस