Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, १० : २३ मा प्रकाशित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले लिलाम प्रक्रिया मार्फत् संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०१ रूपैयाँ तोकिएको छ। सेयरधनीले खरीद आवेदन दिँदा घटीमा १ लाख २५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग राख्न सक्नेछन्।

यसमा आज वैशाख २ गतेदेखि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति वैशाख ९ गते रहेको छ। इच्छुक संस्थापक सेयरधनीले नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) बाट आवेदन फाराम प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको