Like us!
Follow us!
Connect us!
Watch us!

२०८१ मा ३१ प्रतिशत बढ्यो नेप्से,कस्तो रहला यो वर्ष ?

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, ११ : ३७ मा प्रकाशित

२०८१ मा ३१ प्रतिशत बढ्यो नेप्से,कस्तो रहला यो वर्ष ?

२०८१ सालमा समग्रमा सेयर बजार ३१ प्रतिशत बढेको छ । २०८१ को पहिलो दिन २०२३ अंकमा रहेको बजार २०८१ को अन्त्यमा २६६२ मा छ ।

वर्ष २०८१ को असार १६ देखि साउन ३१ गतेसम्मको डेढ महिनाको अवधि नै सेयर बजारका लागि उत्कृष्ट रह्यो । सो डेढ महिनाको अवधिमा नै बजार ४७ प्रतिशत बढ्यो । असार १६ गते २०३७ अंकमा रहेको नेप्से डेढ महिनामै ३ हजार अंक पुग्यो । त्यसयता प्रायः घटेर सामान्य उतारचढावमै छ, अझ भदौयता बजार ११ प्रतिशत घटेको छ ।

समूहगत रुपमा कुन समुह कति बढ्यो ?

समूहगत रुपमा २०८१ मा वाणिज्य बैंक समूह २७.६ प्रतिशत, विकास बैंक समूह ३५ प्रतिशत, वित्त समूह २३.४१ प्रतिशत, लघुवित्त समूह १९.४२ प्रतिशत, जलविद्युत समूह ४०.८ प्रतिशत, जीवन बिमा समूह २९ प्रतिशत, निर्जीवन बिमा समूह १७ प्रतिशत, अन्य समूह ४४ प्रतिशत, लगानी समूह ४८ प्रतिशत, कारोबार समूह ६४ प्रतिशत, उत्पादन समूह ७ प्रतिशत, होटल्स समूह २५ प्रतिशत र म्यूचूअल फण्ड ६.९ प्रतिशतले बढेका छन् । २०८१ मा नेप्सेमा हालसम्मकै उच्च ३१ अर्ब रुपैयाँ हाराहारीको सेयर कारोबार भयो । 

 २०८१ मा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र बीमा प्राधिकरणले नयाँ नेतृत्व पाएको छ । २०८२ को सुरुवातमै मुलुकले राष्ट्र बैंकको १८ औं गभर्नर पाउनेछ । २०८२ मा अर्थतन्त्र पनि क्रमशः सुधार हुँदै जाने अपेक्षा गरिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको