Like us!
Follow us!
Connect us!
Watch us!

सान्भि इनर्जीको आईपीओ आजदेखि

अर्थ संसार

शुक्रबार, ०५ बैशाख २०८२, ११ : ११ मा प्रकाशित

सान्भि इनर्जीको आईपीओ आजदेखि

सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले इलाम जिल्लाका स्थानीयलाई ८ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको छ। ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ८ नं. सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १-४, ६-१ नं. वडाहरु) माईजोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स. का १ देखि ५ नं. सम्मका वडाहरु तथा नयाँबजार गा.वि.स. को वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ४ नं. सम्मका वडाहरु ) तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नं.वडा)का स्थानीयले यसमा आवेदन दिन सक्ने छन् ।

यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा वैशाख १९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार कित्ता सेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा वैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको