Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टी डेभलपमेन्ट कर्पोरेशनले आईपीओ ल्याउने, एनएमबी क्यापिटलसँग सम्झौता

अर्थ संसार

मंगलबार, ०९ बैशाख २०८२, ०८ : ०३ मा प्रकाशित

नेपाल टी डेभलपमेन्ट कर्पोरेशनले आईपीओ ल्याउने, एनएमबी क्यापिटलसँग सम्झौता

नेपालको सबैभन्दा ठूलो चिया उत्पादक तथा वितरक संस्था नेपाल टी डेभलपमेन्ट कर्पोरेशन लिमिटेड (NTDC) ले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रक्रिया अगाडि बढाउँदै एनएमबी क्यापिटल लिमिटेड सँग औपचारिक सम्झौता गरेको छ।

वि.सं. २०२३ (सन् १९६६) मा स्थापना भएको एनटीडीसीले Tokla र Ilam ब्रान्डमा गोल्ड लिफ, मसला चिया, CTC, ग्रीन टी र अर्टोडक्स चियाजस्ता विभिन्न प्रकारका चिया उत्पादन गर्दै आएको छ। स्वाद, गुणस्तर र सुगन्धमा निरन्तरता प्रदान गर्दै आएको कम्पनीले आफ्नो चिया रुस, युरोप, जापान, भारत, अष्ट्रेलिया, दक्षिण कोरिया र अमेरिका लगायतका बजारमा निर्यात गर्दै आएको छ।

कम्पनीले आफ्नो विस्तार रणनीति अन्तर्गत ६ लाख कित्ता साधारण सेयर जारी गर्दै आईपीओ ल्याउने तयारी गरेको हो। यसका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ।

सम्झौतामा एनटीडीसीका कार्यकारी अध्यक्ष शुभाष चन्द्र सांगाई र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले हस्ताक्षर गरे।

“लगानीकर्तालाई मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धता”

सम्झौता हस्ताक्षरपछि कार्यकारी अध्यक्ष सांगाईले भने,
“आईपीओ प्रक्रिया सुरु गर्नु एनटीडीसीको यात्रा र बृहत् पहुँच विस्तारतर्फको महत्वपूर्ण कदम हो। एनएमबी क्यापिटलसँगको सहकार्यले हामीलाई रणनीतिक रूपमा मार्गनिर्देशन गर्ने विश्वास छ।"

त्यसैगरी, एनएमबी क्यापिटलका सीईओ वैद्यले भने,
“एनटीडीसीको आईपीओको निष्काशन प्रबन्धक बन्न पाउँदा हामी गौरवान्वित छौं। सफल, पारदर्शी र प्रभावकारी सेयर निष्कासनका लागि हाम्रो सम्पूर्ण सहयोग रहनेछ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको