Like us!
Follow us!
Connect us!
Watch us!

ब्यक्तिगत छिमेकी फेर्न सकिएपनी राष्ट्रको छिमेकी फेर्न सकिदैन : उपसभापति गुरुङ

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, ०८ : १६ मा प्रकाशित

ब्यक्तिगत छिमेकी फेर्न सकिएपनी राष्ट्रको छिमेकी फेर्न सकिदैन : उपसभापति गुरुङ

नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले ब्यक्तिगत छिमेकी फेर्न सकिएपनी राष्ट्रको छिमेकी भने फेर्न नसकिने बताउनु भएको छ ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले मंगलबार मधेस प्रदेशको जनकपुरधाममा रहेको महेन्द्र नारायण निधि मिथिला साँस्कृतीक केन्द्रमा आयोजना गरेको “नेपालको समृद्धिमा भारतको भुमिका” बिषयक बिचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । भारतसंग नेपालको एउटा मात्रै सम्बन्ध नभएको बताउदै ब्यक्तिगत छिमेकी फेर्न सकिने तर राष्ट्रको छिमेकी फेर्न नसकिने उल्लेख गर्दै छिमेकीसंग सम्बन्ध सधै राम्रो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “भारतसंग नेपालको तराईमा रोटिबेटि र पहाडमा रोजिरोटिको सम्बन्ध छ ।”

नेपालसंग सबै भएर पनि केही नभएको जस्तो बन्नु परेको भन्दै आफ्नो भुमिका सुनिश्चित गरेर मात्र छिमेकीको भुमिका खोज्नुपर्ने बताउनुभयो । नेपाललाई धार्मिक तथा स्पोर्ट्स टुरिजमको रूपमा विकास गर्न सकिने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले समेत पशुपतिनाथलाई आस्थाको केन्द्र मान्दा हामी भने जलहरीको किचलो निकालेर पशुपतिनाथको बिश्व प्रति अविश्वास पैदा गरेको उल्लेख गर्नुभयो ।

पुर्व मन्त्री गुरुङले राष्ट्रवादका नाममा नेपालीले दुख पाएको प्रसङ्ग जोड्दै भन्नुभयो “विशेष गरेर आदिवासी जनजाति समुदायका मान्छेहरु भारतीय सेनामा जागिर गर्ने अनि जीवनभर पेन्सन पाउने गर्दथे त्यो अहिले टुटेको छ । नेपालीले भारतीय सेनामा भर्ती गर्ने काम बन्द भएको छ। तर पश्चिम नेपालको धेरै नेपालीहरु अहिले पनि भारतमा लाखौं लाख नेपालीहरु श्रमिकको रुपमा कार्यरत छन् । भारतीय सेनामा भर्ती हुने बित्तिकै भारतीय दलाल  भइहाल्ने तर त्यहीँ भुमिमा अन्यत्र नेपालीले काम गरिरहेका छन् । हामीले धेरै ठूलो कुरा गर्दा धेरै गुमाएका पनि छौँ ।

त्यही भारतमा लाखौं लाख नेपालीहरुले आज पनि श्रम गरिरहेका छन् रोजगारीमा काम गरिरहेका छन्  हामीले भारतमा रोक्यौ तर नागरिकहरुले आफ्नो जीवन बाँच्नका लागि कतिसम्म गर्छ भन्ने कुरा त युक्रेन र रसियाको युद्धमा नेपालीहरु भर्ती भएर होमिएको कथा र व्यथाहरुको हामीले समाचार सुन्दाखेरि पनि त हामीलाई थाहा हुन्छ नी ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको