Like us!
Follow us!
Connect us!
Watch us!

संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

अर्थ संसार

विहीबार, ११ बैशाख २०८२, १४ : १० मा प्रकाशित

संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।

शुक्रबारदेखि सुरु हुन लागेको बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले देश र जनतालाई सम्बोधन गर्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।  प्रधानमन्त्रीले सडकमा उठेका मागदेखि लिएर प्रतिपक्षका सरोकारहरूलाई समेत सम्बोधन गर्ने तयारी छ ।

अधिवेशनको पहिलो दिन दलगत रूपमा नेताहरूले पनि बोल्ने कार्यसूची छ। बजेट अधिवेशन १२ वैशाख दिउँसो १ बजे सुरु हुँदै छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको