विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि सेयर खुला गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले कम्पनीलाई ९० लाख ९१ हजार १३ कित्ता साधारण सेयर (IPO) निष्कासन गर्न स्वीकृति दिएको हो।
यसअनुसार कम्पनीले आफ्नो स्वामित्व संरचनामा ४९ प्रतिशत हिस्सा सर्वसाधारण समूहलाई खुला गर्नेछ भने ५१ प्रतिशत हिस्सा संस्थापक समूहमै सीमित रहनेछ। सबै सेयर प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी हुनेछन्।
IPO निष्कासन प्रक्रिया प्रभु क्यापिटलले व्यवस्थापन गर्नेछ। स्वीकृति पाइसकेपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्राथमिकतामा राखेर सेयर निष्कासन गर्ने तयारी गरेको छ।
काठमाडौं-३, महाराजगन्जमा मुख्य कार्यालय रहेको विकास हाइड्रोपावरले हाल गोरखा जिल्लामा ४.५ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस