Like us!
Follow us!
Connect us!
Watch us!

सरकार र शिक्षक महासंघबीच वार्ता आज दिउँसो

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, ११ : ५३ मा प्रकाशित

सरकार र शिक्षक महासंघबीच वार्ता आज दिउँसो

सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज दिउँसो २ बजे वार्ता हुने भएको छ ।

नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुले सोमबार र मंगलबार पनि सरकारसँग वार्ता गरेका थिए । सोमबार र मंगलबारको वार्ता सकारात्मक भएको आज टुंगोमा पुग्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बताएका थिए ।

वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भइरहेका छन् । शिक्षामन्त्री पन्त र महासङ्घका पदाधिकारीबीच मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । 

शिक्षक महासंघको ९ बुँदे प्रस्तावमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब,सामाजिक सुरक्षा कोष,दुर्गम भत्ता,ग्रेड समायोजन,मर्यादा क्रम,अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था,निमावि प्रथम र ममावि द्वितीयको तलबम, प्रधानाध्यापकको विषय, राहत शिक्षक लगायतका विषय समेटिएको छ । ऐनमा समावेश नगरी मन्त्रिपरिषद्‍बाट हुने निर्णय भएमा र ऐन जारी गर्ने समय तोकेमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने महासंघले बताएको छ ।

यसअघि निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराईले यिनै विषय समावेश गरेर ७ बुँदे तयार गरेकी थिइन । जसको लागि सरकारको ८ अर्ब खर्च हुने थियो । यही ७ बुँदे र ९ बुँदेको आधारमा आजको वार्ता निर्णायक बनाएर मन्त्रिपरिषद्‍बाट पारित गर्ने तयारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको