Like us!
Follow us!
Connect us!
Watch us!

भूतप्रेत भइसकेको तानासाही राजतन्त्र फर्किएर आउँदैन - प्रधानमन्त्री ओली

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, १७ : ०७ मा प्रकाशित

भूतप्रेत भइसकेको तानासाही राजतन्त्र फर्किएर आउँदैन  - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानासाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

ओलीले मुलुक धेरै अघि बढिसकेकाले तानासाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताए । प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मूर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जेमा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गरे । राजा हुने सपना कसैले देख्छ भने त्यो केवल सपना मात्रै हुने उनको भनाइ छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको