Like us!
Follow us!
Connect us!
Watch us!

मिडियाको सम्बोधनप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीको प्रश्न - भाषाको कद घटाउने ?

अर्थ संसार

बुधबार, २४ बैशाख २०८२, १५ : २४ मा प्रकाशित

मिडियाको सम्बोधनप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीको प्रश्न - भाषाको कद घटाउने ?

प्रधानमन्त्री केपी ओलीले मिडियाले प्रयोग गर्ने भाषाप्रति असन्तुष्टि जनाएका छन्।

गोरखापत्र दैनिकको १२५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजतन्त्र फालेपछि जनताको छोराछोरी किन मान्ने भन्ने मिडियाले भाषाको कद घटाएको बताए।

उनले भने,अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ। मैले राम्रोसँग याद गरेको छैन, राष्ट्रपतिले भन्नुभयो भन्छ कि भने भन्छ। नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे, यो नेपाली भाषा होइन। राजा हुँदा हेर्दैनथे राजा नजर गर्थे, हाम्रै पत्रपत्रिकामा हेर्नुपर्छ, राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो। खाँदैनथे ज्यूनार हुन्थ्यो। बस्दैथे, आराम गर्थे। सुन्दैनथे श्रमण हुन्थ्यो।

राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने ? यु, यु भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो। त्यो पो नक्कल गर्नुपर्छ हाम्रोमा भनेर। जो भाषामा गरिब छ त्यसले हाम्रो भाषामा उँचाइ छुन सकेन भनेर हामीले कद घटाउने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको