Like us!
Follow us!
Connect us!
Watch us!

जे आउँछ मजाले पचाउँछ, भनेझैं जे छ त्यसैमा रम्ने हैन - प्रधानमन्त्री ओली

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १३ : ३० मा प्रकाशित

जे आउँछ मजाले पचाउँछ, भनेझैं जे छ त्यसैमा रम्ने हैन - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासको काम जहिल्यै भइरहेको झैं हुने तर कहिल्यै नसकिने’ प्रवृत्तिलाई अन्त्य गर्ने घोषणा गरेका छन् ।

प्रतिनिधि सभामा उठेका प्रश्नहरुको  जवाफ दिँदै प्रधानमन्त्री ओलीले गत वर्ष उल्लेख गरेका ‘वर्क इन प्रोग्रेस’ प्रवृत्तिप्रति पुनः संकेत गर्दै यसलाई परिवर्तन नगरी मुलुकको विकास सम्भव नरहेको बताए । सीमित स्रोतहरूलाई अधिकतम उपयोग गर्दै परिणाममुखी योजना र कार्यान्वयन आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले ‘काम थाल्नेभन्दा सक्नेमा जोड’ दिइएकाले विगतका सरकारले घोषणा गरेका सबै पूर्वाधार परियोजनाको पुनः प्राथमिकीकरण गरिएको स्पष्ट पारे ।

उनले भने, ‘जे आउँछ मजाले पचाउँछ’ भनेझैं जे छ, त्यसैमा रम्ने हैन, काम लाग्ने जे छ, त्यसलाई सकेसम्म निरन्तरता दिने, जे असान्दर्भिक छ, त्यसलाई त्याग्ने नीतिमा हामी जानुपर्छ । त्यसैले, विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको हो ।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको