Like us!
Follow us!
Connect us!
Watch us!

कुनै पनि जेठ १५ मा राजावादीका सपना साकार हुँदैनन् : प्रधानमन्त्री ओली

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १४ : ५५ मा प्रकाशित

कुनै पनि जेठ १५ मा राजावादीका सपना साकार हुँदैनन् : प्रधानमन्त्री  ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

उनले राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला राजावादीका सपना पूरा नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन ।’

प्रधानमन्त्रीले बदलिँदो समयलाई ख्याल गर्दै अघि बढ्न राजावादीहरूलाई आग्रह गरे । उनले इतिहासमा मिल्किसकेको राजतन्त्रको पछि लाग्न भन्दा संविधानअनुसार अघि बढ्न राजावादीहरूलाई सुझाव दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको