Like us!
Follow us!
Connect us!
Watch us!

जेठ ९ गतेबाट सर्वसाधारणका लागि सान्भी इनर्जीको आइपीओ

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, १० : ०४ मा प्रकाशित

जेठ ९ गतेबाट सर्वसाधारणका लागि सान्भी इनर्जीको आइपीओ

 सान्भी इनर्जीले जेठ ९ गतेदेखि आइपीओ जारी गर्ने भएको छ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओ बाँडफाँट गरिसकेको छ।

यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ। अब कम्पनीले बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ५८ हजार २०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको २४ लाख १५ हजार ३०० कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। 

यो आइपीओमा सर्वसाधारण न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक र वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्।

सान्भी इनर्जीको आइपीओको निष्कासन बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २३ गते हुनेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको